Comments Add Comment

एथ्लेटिको मड्रिडको अपराजित यात्रा कायमै

७ असोज, काठमाडौं । सेभियालाई पराजित गर्दै एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा एथ्लेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एथ्लेटिकोेको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ सेभियाले बराबरी खेल्यो । तर, दोस्रो हाफको पहिलो मिनेटमा नै गोल खायो । घरेलु टोलीका लागि कारास्कोले गोल गरे ।

खेलको ६९ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एथ्लेटिको मड्रिडको जित सुनिश्चित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment