Comments Add Comment

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा, ६६ करोडकोे सेयर जारी गर्ने

८ असोज, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतवारबाट सेवा शुभारम्भ गरेको छ । आषाढ २० गते इजाजत पाएको कम्पनीले भदौ १९ गते कारोबार गर्ने अनुमती पाएको हो ।

‘हामीले सुरुवातदेखि नै १० स्थानबाट सेवा दिने उदेश्यले शाखा विस्तार गरिसकेका छौं,’ कम्पनीका अध्यक्ष पशुपति मुरारकाले भने । अहिले नेपालीहरुको आयस्तर बढेको र नेपालको कुल गाहस्र्थ उत्पादन पनि उच्च रहेकोले नयाँ बिमा कम्पनीहरुको आगमनले व्यवसाय विस्तार गर्न थप मदत हुने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले अहिले बिमा क्षेत्रमा पुराना कर्मचारीहरु बढि तलबमा कम्पनी बदल्ने प्रवृत्तिमा लागेको पाइएकोले यसमा कडाई गर्न अन्य नियमनका उपाय पनि अवलम्बन गरिने बताए ।

‘हामीले न्युनत्तम पारिश्रमिक बुझ्नेको तुलनामा प्रमूख कार्यकारी अधिकृतको तलब १५ गुणाभन्दा धेरै नहुने व्यवस्था गरिसकेका छौं, आवश्यक परे अन्य नीतिगत व्यवस्था पनि हुनेछ,’ चापागाईले भने ।

कार्यक्रममा पहिलो बाल जीवन बिमा गर्ने सुसान्त मनौलीलाई बिमा गरिएको सम्झौता पत्र हस्तान्तरण गरिएको छ । कम्पनीले सुरुवातबाटै  ३ वटा जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ भने केहि दिनमा नै थप २ वटा बिमा योजना सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीको अध्यक्षमा पशुपति मुरारका, सञ्चालकमा नन्दकिशोार शर्मा, आकाश गोल्छा र शर्मिला महर्जन रहेका छन् । कम्पनीको प्रकाश विक्रम खत्री कार्यकारी उप–प्रमुखको रुपमा रहेका छन् । बार्कलेज् बैंक, युकेबाट करियर सुरु गरेका खत्रीसँग विभिन्न बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।

कम्पनीका ४२ जना प्रबद्र्धक रहेका छन् । कम्पनीको अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २ अर्ब २० करोड रहेको छ ।  हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि रु. ६६ करोडकोे सेयर जारी गर्ने भएको छ । सेयर जारी पछि पूँजी रु. २ अर्ब २० करोड पुग्नेछ ।

यता, कम्पनीले जीवन बिमा व्यवसायको दायरा फराकिलो पार्दै नेपालभर सेवा केन्द्र विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ । हरेक नेपालीको भविष्य सुरक्षित, सुनिश्चित तथा खुशिमय बनाउन सहयोग पुर्याउने उद्धेश्य रहेको पनि कम्पनीको भनाई छ । हाल ज्ञानेश्वर, गोंगबु, जोरपाटी, किर्तिपुर, पुल्चोक, र सुर्यविनायकतथाउपत्यकाबाहिर नारायणगढ, विरगंज, पोखरा र चन्द्रनिगाहपुरमा कम्पनीको शाखा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment