Comments Add Comment

ब्रिटिस लेखक काजुओलाई २०१७ को नोबेल पुरस्कार

१९ असोज, लन्डन । ब्रिटिस लेखक काजुओ इसिगुरोले २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार हात पारेका छन् ।

इसिगुरोले आठ वटा पुस्तक लेखेका छन् । उनका पुस्तकहरु ४० भन्दा बढी भाषामा अनुवाद भएका छन् ।

उनको सबैभन्दा चर्चित उपन्यास ‘दी रिमेन्स अफ दी डे’ र ‘नेभर लेट मी गो’ हुन् । उपन्यासकार इसिगुरोका उपन्यासहरुबाट फिल्मसमेत निर्माण भएका छन् ।

जापानको नागासाकीमा सन् १९५४ मा जन्मेका उनी पछि परिवारसहित बेलायत पुगेका हुन् । केन्ट विश्वबिद्यालयमा अंग्रेजी र दर्शनशास्त्र अध्ययन गरे ।

इस्ट एंलिया विश्वबिद्यालयमा सिर्जनशील लेखनमा स्नातकोत्तर अध्ययरत छँदा उनका शिक्षक थिए, माल्कोम ब्राडबरी र एंगेला कार्टर । सन् १९८२ मा प्रकाशित उनको पहिलो उपन्यास ‘अ पेल भ्यु अफ हिल्स’ नै उनको थेसिस थियो । सन् १९८९ मा ‘दी रिमेन्स अफ दी डे’का लागि उनलाई बुकर पुरस्कार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment