Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः चुनाव सार्ने प्रस्तावदेखि मन्त्री हटाउने चलखेलसम्म

२४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने कदम अघि बढाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराएर माओवादी मन्त्री हटाउने खेलमा प्रधानमन्त्री लागेकाे खबरलाई आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

त्यस्तै पहिलो चरणको निर्वाचन सार्न सरकारले अनौपचारिक प्रस्ताव गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले समाचार बनाएका छन् । पत्रपत्रिकाका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपतिले निर्वाचन मिति सार्दा गलत सन्देश जाने भन्दै सतर्क गराएकी छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरकुमार गौचनको गोली हानी गरिएको हत्यालाई पनिआजका सबैजसो दैनिक पत्रिकाहरुले प्रथम पृष्ठमा महत्त्वका साथ छापेका छन् ।

यसका अलावा सरकारलाई राप्रपाले साथ दिएको, अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको, सरकार पुनर्गठनमा फोरम बाधक बनेकोलगायत खबर आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा छ ।

भूकम्पपीडितलाई निब्र्याजी ऋण उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकको निर्णयलाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले सरकारलाई राप्रपाले समर्थन गरेको विषयलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेको छ । त्यस्तै निर्माण व्यवसायीमहासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्यालाई पनि गोरखापत्रले लेखेको छ ।

‘निर्माण व्यवसायी महासंघ अध्यक्षको हत्या’ शीर्षक दिएर मुख्य खबर लेखेको नागरिक दैनिकले प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंकालाई पनि उत्तिकै महत्त्व दिएर पहिलो पृष्ठमा छापेको छ ।

पहिलो चरणको निर्वाचन सार्न सरकारले अनौपचारिक प्रस्ताव गरेकोलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ भने अन्नपूर्ण पोस्ट दैनिकले सरकार पुनर्गठनमा फोरम बाधक बनेको लेखेको छ । कान्तिपुर दैनिकले निर्माण व्यवसायी हत्यादेखि सरकारलाई राप्रपाले समर्थन गरेको सम्मका खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment