Comments Add Comment

‘ऐश्वर्य’मा बल्ल मुस्कुराइन् केकी


नायिका केकी अधिकारीलाई पर्दा पछाडि राखेर केहि महिनादेखि चलचित्र ‘ऐश्वर्य’को प्रचार गरिएको थियो । केकी अधिकारीले पनि प्रचारमा खासै साथ नदिने छनक देखिएको थियो ।

तर, एकपछि अर्को शैलीमा चलचित्रको हाइप बनाउँदै लगेका निर्माता तथा नायक रमेश उप्रेतीले प्रदर्शनको करिब २ साता अगाडि केकी अधिकारीलाई अगाडि ल्याएका छन् ।

चलचित्रको ट्रेलरमा केकी अधिकारीको केही दृश्य राखिएको थियो । तर, निर्माता उप्रेती र निर्देशक दिवाकर भट्टराइले चलचित्रको नयाँ पोष्टरमा केकीलाई अगाडि ल्याएका छन् । निर्देशक भट्टराई आफूहरुले प्रचारको शैली अनुसार नै केकीलाई बल्ल अगाडि ल्याएको बताउँछन् । केकीको चलचित्रमा महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

नेपाली चलचित्रमा आजसम्म कुनै पनि हिट चलचित्र दिन नसकेकी केकीका लागि ‘ऐश्वर्य’को व्यापार महत्वपूर्ण छ । सुरुमा चलचित्र प्रचारमा समय नदिने भन्दै बसेकी केकी अहिले ‘ऐश्वर्य’का लागि दौडधुप गरिरहेकी छिन् ।

यो चलचित्रमा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा सह-निर्माता रहेको यो चलचित्रमा सुदीप वरालको छायाँकन छ । यो चलचित्र कात्तिक ९ गतेबाट रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment