Comments Add Comment

हिमाल यूवा क्लबको आयोजनामा भलिबल प्रतियोगीता सुरु

भरतपुर महानगरपालिका वडा नम्बर १३ मा अवस्थित चम्पानगरमा ‘दोश्रो वातावरण मैत्री राइनो कप खुल्ला भलिबल प्रतियोगीता बिहिबारदेखि सुरु भएको छ । भरतपुर महानगरपालिका १३ स्थित हिमाल यूवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीताको भरतपुरकी मेयर रेणु दाहालले उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै मेयर दाहालले राष्ट्रिय खेलको रुपमा विकास भैसकेको भलिबल खेलको विकासका लागि आगामी नगरपरिषद्बाट योजना अगाडि सार्ने प्रतिवद्धता व्यक्त गरिन् । क्लबका अध्यक्ष केशव देवकोटाको सभापतित्वमा उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।

प्रतियोगीता अन्र्तगत बिहिबार मात्र ३ वटा खेल सम्पन्न भएका छन् । बिहिबार सम्पन्न खेलमा हिमाल यूवा क्लब -बी), किसान यूवा क्लब बद्रहनि र एडभेन्चर नेपाल माडी विजयी भएका छन् ।

पहिलो खेलमा हिमाल यूवा क्लब-बी) ले कंचन समाज, कञ्चनबस्तीलाइ २५-१२, २५-१४, २५-१२ को सोझो सेटमा जित हासिल गरेका छन् । यस्तै, दोश्रो खेलमा किसान यूवा क्लबले निरन्तर यूवा क्लब भरतपुरलाइ २८-२६, २५-१९ र २६-१४ तथा एडभेन्सर नेपालले हिमाल यूवा क्लब -ए) लाई २५-२१, २५-१५ र २५-९ को सोझो सेटमा पराजित गरेका छन् ।

भलिबल प्रतियोगीता शनिबार सम्पन्न हुने आयोजकले बताएको छ । गतबर्ष पनि हिमाल यूवा क्लबले ‘प्रथम वातावरण मैत्री राइनो खुल्ला भलिबल प्रतियोगीता आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment