+
+
Shares

चितवनमा बसको ठक्कबाट एकको मृत्यु

रासस रासस
२०७४ असोज २७ गते १५:३७

२७ असोज, चितवन । बसको ठक्करबाट चितवनमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख २२८० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३० प ५५०० नम्बरको मोटरसाइकललाई आज बिहान ११.४५ बजे भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार थापाको मृत्यु भए पनि चालक भने सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै भरतपुर महानगरपालिका-१६ का टीकाबहादुर बस्नेत करेन्ट लागेर गम्भीर घाइते  भ एका छन् । बस्नेत बिहान सडकमा हिँडिरहेको समयमा पोलको तार चुँडिएर करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते बस्नेतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?