२७ असोज, ताप्लेजुङ । सिमसिम, सिमसिम पानी परिरहेका बेला मेलिना राई स्टेजमा चढिन् । सुरु भयो हुटिङ् । गुञ्जियो ताप्लेजुङको तोक्मेडाँडामा रहेको सैनिक व्यारेकको खेल मैदान ।
कुटुमाकुटु सुपारी दाना, कुटुमा कुटु भन्दै स्टेज उक्लिएकी मेलिना राईले करीव एक घण्टा झरीमा रुझिरहेका दर्शकलाई नचाइन ।
दिपावलीको अवसर पार्दै दोखु युवा क्लबले शुक्रबार आयोजना गरेको ‘बृहत सांस्कृतिक तथा सांगीतिक धमाका २’ मा कार्यक्रम सुरु हुन साथ पानी परे पनि गायिका राई र उपस्थित अन्य कलाकारलाई दर्शकले रामै्र साथ दिए ।
हाल चर्चमा रहेको चलचित्र दुई रुपैयाँको गीत कुटुमाकुटुको प्रतिक्षामा रहेका दर्शकलाई करीब एक घण्टाको समयमा गायिका राईले कम्मरमाथि पटुकी, तिम्ले बाटो फेर्यो अरे, सिरैमा सिरबन्दी, लेक फूल्ने लालिगुरास लगायतका गीतहरु गाइसक्दा समेत दर्शकबाट वान्समोरको नारा गुञ्जिरहेको थियो ।
राष्ट्रिय तथा स्थानीय कलाकारलाई एकै ठाउँमा जम्मा गराएर जिल्लालाई देशविदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा गायिका मेलिना राईसहित गायक सुगम पोखरेल र ज्योति मगरले समेत आˆना चर्चित गीतहरु दर्शक माझ राखेका थिए भने हास्यकलाकार कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे, सुबोध गौतम र भरतमणी पौडेलले समेत आˆना कला प्रदर्शन गरेको कार्यक्रम संयोजक छितिज सुनुवारले बताए ।
प्रतिक्रिया 4