+
+
Shares

प्रधानमन्त्रीले विश्वास गर्नु भएन, दुःख व्यक्त गर्छुः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २८ गते २०:०२

२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनपछि सरकार परिर्वतनको खेलमा नलाग्ने आफ्नो बचनमा प्रधानमन्त्रीले विश्वास नगरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड एमाले र माओवादीको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिलाई कम्युनिष्ट शासन आउने भयो भनेर प्रचार गरिएको गुनासो गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रसहित संविधान बनेको र संसदीय प्रणाली स्वीकार गरेको भन्दै उनले भने, ‘यो लोकतान्त्रिक अभ्यास भित्रको कुरा हो । बाहिरको होइन ।’

माओवादीले समर्थन गर्छ भन्दाभन्दै प्रधानमन्त्रीले मन्त्री थपेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

कांग्रेसलाई धोका नदिने र समुचित सहकार्य गरेर अघि बढ्ने योजना रहेको उनले बताए । वाम एकता गर्नु अघि नै आफूले भेटेर प्रधानमन्त्रीलाई यो कांग्रेसविरुद्ध नभएको र सरकार परिर्वतनको खेलमा नलाग्ने भनेको स्मरण गर्दै उनले भने, ‘उहाँलाई शायद विश्वास भएन । यसमा म दुःख व्यक्त ग गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?