Comments Add Comment

वायुसेवा निगमले माग्यो सयभन्दा बढी कर्मचारी

२९ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले १ सयभन्दा बढी कर्मचारी लागि खुला दरखास्त आह्वान गरेको छ । आइतबार पदपूर्तिको सूचना प्रकाशित गर्दै निगमले निगमले ७ औं तहको वरिष्ठ प्राविधिक अधिकृतदेखि चाैंथो तहको ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्म मागेको छ ।

खुला तथा समावेशी कोटामा प्राविधिक अधिकृतमा १६ जना मागिएको छ ।  सिनयर को पाइलट पनि १६ जनाको माग भएको छ ।

सामान्य प्रशासन (अधिकृत) तर्फ २२ जनाको लागि दरखास्त आह्वान भएको छ । सामान्य प्रशासन १४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

विभिन्न पदका लागि फरक-फर परीक्षा दस्तुर तोकिएको छ । अबको २१ दिनसम्म जागिरका लागि दरखास्त दिन सकिने छ ।

विस्तृत विज्ञापन हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment