Comments Add Comment

कति सुरक्षित छ कपाल प्रत्यारोपण ?

अहिले नक्कली कपाल हाल्ने वा विशेषज्ञकामा गएर प्रत्यारोपण गर्ने चलन बढ्दो छ । कपाल प्रत्यारोपणलाई चिकित्सकीय भाषामा ‘हेयर ग्राफ्टिङ’ पनि भन्ने गरिन्छ ।

प्रत्यारोपणमार्फत् हजारौंले कपाल झर्ने समस्याबाट राहत पाएका छन् । पुनः कपाल उमार्न पनि सफलता मिल्दै आएको छ ।

झरेको कपाल पुनः उमार्न यो विधि निकै सफल मानिएको छ । यद्यपि, यसका केही दुष्प्रभाव पनि नदेखिने होइनन् ।

बदलिँदो जीवनशैली तथा गलत खानपानका कारण सानै उमेरमा कपाल झर्ने र फुल्ने समस्या देखिने गरेको छ । प्रदुषण र तनावका कारण पनि कपाल झर्ने गर्छ । यस्ता समस्या महिला-पुरुष दुवैमा हुन्छ ।

प्रत्यारोपण यस्तो आधुनिक विधि हो, जसको माध्यमद्वारा छोटो समयमै कपाल पुनः उमार्न सकिन्छ । तर, यो कति सुरक्षित भन्नेबारे ध्यान दिन अत्यावश्यक छ ।

कपाल प्रत्यारोपण एउटा शल्य प्रक्रिया हो, जसमा टाउको पछाडि र ‘साइड’मा केश झरेको ठाउँमा लगाइन्छ । कपाल नभएको ठाउँमा प्रत्यारोपण गरेको केश पुनः पैदा हुन सामान्यतया तीनदेखि चार महिना लाग्छ ।

त्यसपछि सामान्य रुपमै कपाल आउन थाल्छ । त्यस क्रममा दाह्री र छातिको रौं पनि टाउकोमा प्रत्यारोपण गर्न सकिन्छ । तर, जुन रौंको प्रकृति जस्तो छ, टाउकोमा पनि त्यस्तै उमि्रने भएकाले चिकित्सकहरु कपाललाई नै जरासहित झरेको ठाउँमा रोप्न रुचाउँछन् ।

चिकित्सकीय भाषामा ‘फोलिक्युलर माइक्रोे हेयर ग्राˆटिङ’ पनि भनिन्छ, यसलाई । र, यो कपाल प्रत्यारोपणको सबैभन्दा प्रभावकारी र सुरक्षित विधि मानिन्छ ।

यस विधिबाट मानिसको शरीरमा आजीवन रहने कपालको जरालाई माइक्रो सर्जरीद्वारा प्रत्यारोपण गरिन्छ । खराब अवस्थामा शरीरका करिब १० हजार रौं प्रत्यारोपण गर्न सकिने प्रकृतिका हुन्छन् ।

चिकित्सकहरुले एक पटकमा दुई वटा रौं प्रत्यारोपण गर्छन् । एक पटकमा एक हजारदेखि १५ सय रौं प्रत्यारोपण गरिन्छ ।

यस्तो छ साइड इफेक्ट

हेयर ग्राफ्टिङ विधिबाट प्रत्यारोपण गरिएको तीन साताभित्रमा केही साइड इफेक्ट देखिन्छन् । टाउको दुख्ने, आँखावरिपरि चोट देखिने, टाउकोमा पाप्रा जम्ने र टाउको चिलाउने ।

ध्यान दिनुपर्ने कुरा

हेयर ग्राˆटिङअघि चिकित्सकबारे जानकारी लिऊँ । उनी यस विधाका विशेषज्ञ हुन् कि होइनन् भन्ने यकिन गरौं ।

प्रत्यारोपण गर्ने ठाउँ, त्यहाँ उपलब्ध सुविधा र यसअघि सेवा लिएकाहरुमा सफलता प्राप्त भए/नभएको जानकारी लिऊँ ।

यो महँगो विधि हो । त्यसैले त्यस क्रममा लाग्ने बजेट र आफ्नो क्षमताबारे जानकारी लिऊँ ।

यो सेवा २० देखि ७० वर्षका मानिसले लिन सक्छन् । तर, ४५ वर्षमाथिका मानिसमा केही परीक्षण आवश्यक हुन्छ ।

प्रत्यारोपण गर्न पाँचदेखि सात घण्टा लाग्छ । त्यसैले बिनातनाव समय निकालेर मात्र जानु आवश्यक छ ।

प्रत्यारोपण क्रममा आउन सक्ने एलर्जीको समस्याबारे जानकारी हुनु आवश्यक छ ।

अहिले बजारमा यसका लागि ‘फालिक्युल युनिट हेयर ट्रान्सप्लान्ट’ र ‘फालिक्युलर युनिट सेपरेसन एक्स्ट्रेक्सन विधि बढी प्रयोगमा छन् । यी विधिबाट गम्भीर स्थितिलाई सजिलै सम्हाल्न सकिन्छ ।

प्रत्यारोपणपछि कपालको रेखदेख जरुरी छ । यसलाई भिटामिन, मिनरल्स, पोषण तत्वका साथै सेम्पुको आवश्यकता पर्छ । चिकित्सकको सिफारिसका सेम्पु मात्र प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment