+
+
Shares

भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १४:४३

२६ वैशाख, काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ ।

भारत-पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

मन्त्रालयले कारगिल युद्ध, सेप्टेम्बर २६ को मुम्बई हमला र कन्दार अपहरण जस्ता पछिल्ला घटनाहरूमा समयभन्दा अगाडि नै अनियन्त्रित रिपोर्टिङ गर्दा सिर्जना भएका खतरालाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ ।

भारतको केबल टेलिभिजन नेटवर्क सम्बन्धी कानुन स्मरण गराउँदै आतंकवाद विरोधी अभियानको क्रममा केवल आधिकारिक व्यक्तिद्वारा दिइएको जानकारी मात्र प्रकाशन/प्रसारण गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेकोछ ।

मन्त्रालयले भनेको छ, ‘सबै सरोकारवालाहरूसँग आग्रह छ कि राष्ट्रको सेवामा उच्चतम् मानक बनाउँदै कभरेज गर्दा सतर्कता, संवैदनशीलता र जिम्मेवारी पालना गर्नुहोस् ।’

मन्त्रालयले सबै सञ्चार माध्यम र व्यक्तिहरूबाट आधिकारिक रूपमा जारी नगरिएसम्म सुरक्षा कारबाहीका विवरण गोप्य राखेर सघाउन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?