Comments Add Comment

रञ्जु दर्शनाले थालिन् सेलरोटीको ब्यापार

३१ असोज, काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सेल रोटीको ब्यापार थालेकी छन् । उनले बनाएको एउटा सेलको मूल्य १८ रुपैयाँ राखिएको छ ।

रञ्जुले गत आइतबारबाट आफ्नै घरमा सेल रोटी बनाएर बेच्न सुरु गरेकी हुन् । पहिलो लटमा ६ किलो चामलको पिठो मुछेर एक सय ३० वटा सेल बनाएकी छिन् ।

सेलहरु उनले सोमबार प्याकिङ गरिन् र आज डेलिभरी गर्नेछिन् । यी सबै सेलहरु बुक भइसकेका छन् । बौद्ध फ्रेस मार्टले ३० वटा लैजाने र बाँकी व्यक्तिहरुले लैजाने उनले जानकारी दिइन् । उनले घरबाटै सेल सप्लाई गर्नेछिन् ।

रञ्जुलाई सेल बनाउन उनकी आमाले सहयोग गरिरहेकी छिन् । ‘मैले आमासँगै सेल बनाउन सिकेकी हुँ,’ उनले भनिन्, ‘उहाँ पहिलेदेखि नै एकदमै मिठो पकाउनुहुन्छ ।’

आफूले सेल बनाउने र त्यसलाई मम्मीले फिनिसिङ दिने गरेको उनले उल्लेख गरिन् । ‘अस्ति मम्मीको सहयोगमा बनाएँ, तर अब एक्लै पनि बनाउन सक्ने भएकी छु,’ उनले भनिन् ।

‘सेल खान मिठो तर पकाउन गाह्रो हुँदोरहेछ,’ उनले अनुभव सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment