Comments Add Comment

प्रधानमन्त्री देउवाले चिनेनन् माओवादी मन्त्री !

माओवादी भनेर नचिन्दा जोगिइन् मिथिला

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । तर, त्यसरी विनाविभागीय बनाउने बेलामा प्रधानमन्त्री देउवाले जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी पनि माओवादी हुन् भन्ने पत्तै पाएनन् ।

मंगलबार अकस्मात विनाविभागीय बनाइएका माओवादी मन्त्रीहरुमा उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री जनार्दन शर्मा, शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्ति मन्त्री शिवकुमार मण्डल, उर्जामन्त्री महेन्द्रबहाुदर शाही र महिला मन्त्री आशा कोइराला छन् ।

त्यसैगरी पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुलाई पनि प्रधानमन्त्री देउवाले विनाविभागीय बनाएका छन् ।

राज्यमन्त्रीहरु रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर बिक, छमबहादुर गुरुङ, गोमा कुँवर र वाङदी शेर्पाको ठाउँमा पनि अब देउवाले नयाँ राज्यमन्त्री तोक्ने तयारीस्वरुप उनीहरुलाई जिम्मेवारीविहीन बनाउने निर्णयमा पुगेका छन् ।

तर, माओवादी मन्त्रीहरुलाई छानीछानी विनाविभागीय बनाउने क्रममा प्रधानमन्त्री देउवाले जनसंख्यामन्त्री मिथिला चौधरीको जिम्मेवारी भने कायमै राखेका छन् । चौधरी नेकपा संयुक्तका तर्फबाट देउवा नेतृत्वको सरकारमा मन्त्री बनेकी हुन् । तर, नेकपा संयुक्त अघिल्लो साता माओवादीमा विलय भइसकेको छ । र, पार्टी एकतापछि चौधरी अब नेकपा संयुक्तकी नभएर माओवादीकी मन्त्री बनेकी छिन् ।

तर, प्रधानमन्त्री देउवाले मिथिलालाई माओवादी भनेर चिनेन् । चिनुन् पनि कसरी देउवाको मन्त्रिमण्डलमा ५ दर्जन मन्त्रीहरु छन्, सबैलाई चिनेर पनि साध्य छैन ।

यो पनि पढ्नुहोस्

माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment