+
+

झापमा सवारी दुर्घटना, एकको मृत्यु, चार गम्भीर

रासस रासस
२०७४ कात्तिक २ गते ७:५७

२ कात्तिक, झापा । म्याजिक भ्यान र मोटरसाइकल एकआपसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् ।
कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय, दमकका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार को २७ प २९८९ नम्बरको मोटरसाइकल र मे १ च ४९६३ म्याजिक भ्यान एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा परेर भ्यानमा सवार चारजनामध्ये दुई जनाको दमकस्थित लाइफलाइन र अन्य दुईजनाको भने बिएण्डसी अस्पताल, बिर्तामोडमा थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गौरादह–५ का बमबहादुर कटुवाल र उनकी श्रीमती देवीमाया कटुवालको बिएण्डसीमा रिफर गरिएको छ भने घाइतेद्वय दमक–७ का जगत विक र भरत ल्वागुनको भने स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?