Comments Add Comment

डोटीबाट धनगढी आउँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

२ कात्तिक, धनगढी । डोटीको बागछेडाबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबाहक बस बडिकेदार गाउँपालिका-२ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीय शिक्षक भिमबहादुर बोहराले प्रहरीलाई उद्धृद गर्दै दिएको जानकारी अनुसार एक जना महिला, एक जना पुरुष र एक जना बच्चाको मृत्यु भएको छ ।

मृतक तीनै जनाको सनाखत हुन सकेको छैन् ।

बिहीबार विहान करिब साढे १० बजेतिर सुदूरपश्चिम यातायातको ना. ३ ख ५६४८ नम्बरको बस भिरबाट तल खसेको शिक्षक बोहराले जानकारी दिए ।

दुर्घटना बारे थप जानकारी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment