+
+

के छ भाइटीकाको महत्व ?

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ४ गते १०:४०

तिहार, झिलिमिलीको पर्व । सेलरोटीको पर्व । धनकी देवी लक्ष्मीको पर्व । गाई, गोरु, कुकुर, कागको पर्व । अनि, दाजुभाइ दिदीबहिनीको पर्व । तिहारले चेली माइतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।

तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितिया तिथिमा भाइटीका मनाइन्छ । भाइटीकाको आफ्नै विधि विधान छन् । चेलीले माइतीलाई विधिपूर्वक पूजा गरेर सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । मिठो मसिनो खुवाउँछन् । दाजुभाइले चेलीलाई दक्षिणा दिन्छन् । खासमा, चेली माइतीबीचको सम्बन्ध सुमधुर राख्ने मेलो हो यो ।

पौराणिक कथनअनुसार बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान र पूजा गरेकी थिइन् । यमपञ्चकका पाँच दिन यमराज बहिनी यमुनाको घरमा बास बस्न पुगेका थिए । बहिनीले उनको आतिथ्यमा कुनै कमि हुन दिइनन् । उनले त्यस दिन भाइपूजा गरेर यमराजलाई खुशी तुल्याएकी थिइन् ।

यसदिन चेलीले आफ्ना माइतीको सुख, समृद्धि, आरोग्य एवं दीर्घायूको कामना गर्ने गर्छन् ।

कसरी मनाउने भाइटीका ? यस्तो छ विधि

१. टीकाको बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभिषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।

२. भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ ।

३. दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।

४. माइतीको मंगल कामना गर्दै ढोकामा ओखर फुटाइन्छ ।

५. माइती बसेको वरिपरि पानी र तेलले सात घेरा हाल्नुपर्छ ।

६. फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी माइतीको शिरमा तेल लगाइदिनुपर्छ ।

७. सगुनका रुपमा दही चाहिन्छ ।

८. निधारमा सप्तरंगी टीका लगाएर मखमली, सयपत्रीको माला लगाइदिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?