Comments Add Comment

दार्चुलामा जीप दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

५ कात्तिक, दार्चुला । महाकाली राजमार्ग अन्तर्गत दार्चुलाको दत्तुमा आइतबार विहान जीप दुर्घटना भएको छ ।

दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट मालिर्जुनका लागि छुटेको से १ ज ५९६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइतेे छन् ।

मृत्यु हुनेमा महाकाली नगरपालिका-६ धापका गाडी शाहु २५ वर्षीय नवराज वडु र घाइते हुनेमा चालक अन्दाजी वर्ष २३ का देवराम कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

घाइते कोलीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

महाकाली राजमार्ग अन्तरगत पर्ने खलंगा-गोकुलेश्वर सडकखण्ड महाकाली नगरपालिका ९ दत्तुको बेतखोला नजिक जीप सडकबाट झण्डै ८० मिटर तल खसेको प्रहरी निरीक्षक चन्दले बताए ।

द्रुत गतिमा गुडिरहेको जीप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । जीपमा २ जना मात्रै सवार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment