Comments Add Comment

गर्भवती हुनुहुन्छ ? त्यसो भए यी सौन्दर्य सामग्री प्रयोग नगरौं

गर्भावस्था त्यस्तो समय हो, जतिबेला आफ्नो स्वास्थ्यको अधिक ख्याल राख्नुपर्ने हुन्छ । गर्भावस्थामा केहि स्वास्थ्य समस्या देखापर्न सक्छ । सौन्दर्य कायम राख्नु पनि चुनौतीपूर्ण हुन्छ । किनभने गर्भावस्थामा सौन्दर्य एवं फिगरलाई भन्दा पनि आफ्नो स्वास्थ्य र गर्भको बच्चाप्रति बढी संवेदनसिल हुनुपर्ने हुन्छ ।

अक्सर महिलाहरु गर्भवती भइसकेपछि सौन्दर्य गुमाउने भय राख्छन् । यो सहि होइन । गर्भावस्थामा पेट बढ्नु, अनियन्त्रित तौल बढ्नु प्राकृतिक हो । पछि यो स्वत ठीक हुन्छ । यद्यपी यसका लागि केही मिहेनत भने आवश्यक हुन्छ ।

गर्भावस्थामा ख्याल गर्नुपर्ने अर्को कुरा भनेको मेकअप एवं सौन्दर्य प्रसाधनको प्रयोग हो । कतिपय अवस्थामा यस्ता सामाग्री हानिकारक हुनसक्छ । खासगरी गर्भावस्थामा ।

सौन्दर्य प्रसाधनमा केही यस्ता तत्व प्रयोग गरिएको हुन्छ, जो छालाको माध्यामबाट गर्भको बच्चामा असर पुर्‍याउन सक्छ । जस्तो कि, बढी बास्ना भएको मोइस्चराइजर, डिओरडेन्ट आदिको प्रयोग ठिक हुन्न ।

यहाँ हामी तपाईंहरुलाई गोरो बनाउने र सुन्दर बनाउने ती प्रसाधनहरुको बारेमा जानकारी गराउँदैछौं, जो यतिबेला तपाईं र तपाईंका बच्चाका लागि खतरनाक सावित हुन सक्छन् ।

एन्टी एजिङ क्रिम

यदि आफ्नो अनुहारको दाग र धब्बा हटाउन कुनै यस्तो क्रिम प्रयोग गरिरहनु भएको छ भने अब यसलाई रोक्नुस । यी क्रिमहरुमा यस्तो केमिकल आउँछ जसले बच्चालाई पेटमा नै हानी पुर्‍याउँछ ।

एक्ने क्रिम खतरनाक

कुनै पनि क्रिम बनाउँदा त्यसमा केमिकलको प्रयोग गरिएको हुन्छ । यदि तपाईं आफ्नो अनुहारमा एक्ने पिंपल्स क्रिम लगाउनुहुन्छ भने गर्भावस्थामा यसलाई बन्द गर्नुस । कम्पनी स्वयम्ले पनि गर्भावस्थामा यो क्रिम नलगाउन सुझाव दिने गरेको छ ।

सेन्ट र तिखो वास्नाबाट बचौं

सेन्ट लगाउने बानी छ र वास्नादार क्रिम पनि लगाउनुहुन्छ भने यसलाई बन्द गर्नुहोस । पेटमा बच्चा भएका बेला सेन्ट वा वास्नादार क्रिमको प्रयोग गर्न नहुने पुष्टी नै भइसकेको छ । यसको प्रयोग गर्दा भविष्यमा जन्मिने बच्चा रोगी हुन सक्छ ।

हेयर रिमूभल क्रिम

गर्भावस्थाको समयमा हेयर रिमुभल क्रिम प्रयोग गर्नु हुँदैन भन्ने अहिलेसम्म सिद्द भइसकेको छैन । तर, यी क्रिमहरुमा पनि केमिकल मिसिएर आउने भएकाले यसले तपाईंको छालालाई खराब असर पुर्‍याउन सक्छ । त्यसैले यस्ता क्रिमबाट बच्नु नै राम्रो हुन्छ ।

फेयरनेस क्रिम

तपाईंले कुनै पनि फेयरनेस क्रिमको प्रयोग गर्नुहुन्छ र गर्भावस्थामा पनि यसको प्रयोग जारी राख्नुभएको हुन सक्छ । यो गलत हो र तपाईंको निम्ति खतरनाक पनि । यसमा हाइड्रोक्यूनोन नामको एक केमिकल मिलाइएको हुन्छ जसले पेटमा रहेको बच्चामाथि गलत असर पार्न सक्छ । त्यसैले गोरी हुने बहानामा यो क्रिम प्रयोग गर्न छाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment