Comments Add Comment

‘ऐश्वर्य’ हेर्न किन चाहिन्छ बालबालिकालाई अभिभावक ?


धेरैको आँखा अहिले कात्तिक ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ऐश्वर्य’तर्फ सोझिएको छ । उच्च मेकिङ, गीत र ट्रेलरको हाइपका कारण पनि रमेश उप्रेती निर्मित तथा अभिनित चलचित्रलाई लिएर सिंगो चलचित्र क्षेत्र नै आशावादी देखिएको छ ।

दिवाकर भट्टराई निर्देशित चलचित्रलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ बर्ष तलका बालबालिकालाई बाबु-आमाको साथ चाहिनेछ ।

हुनत, नेपाली चलचित्र क्षेत्रमा सेन्सरले दिएको सर्टिफिकेटको कार्यन्वयन भएको छैन भन्दा पनि हुन्छ । चलचित्र ‘ऐश्वर्य’मा समावेश केही एक्सन दृश्यका कारण यसलाई ‘पीजी’ सर्टिफिकेट दिइएको हो ।

चलचित्रका केही दृश्यमा समेत सेन्सर कैची चलाएको छ । तर, पनि चलचित्रको समय २ घन्टा १५ मिनेट भन्दा लामो रहेको निर्देशक भट्टराइले बताएका छन् ।
यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘ऐश्वर्य’ नचलेको खण्डमा आफू चलचित्र क्षेत्रमा रहनुको अर्थ समेत नभएको रमेशले बताउँदै आएका छन् ।

चलचित्रमा रमेशका अलवा प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । अर्जुन पोखरेलले संगीत भरेको ‘तिमी रोएको पल तिमीलाई’ बोलको गीत अहिले सर्वाधिक हिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment