Comments Add Comment

जीप दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

६ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन ।

गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु १ च ६७६६ नम्बरको जीप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलवाट स्थानीय पोमनारायण पोख्रेलले बताए ।

सबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए । जीप सडकबाट एक सय २० मिटर तल खसको छ ।

दुर्घटनामा अन्दाजी ३० वर्षका सारदा केसीको मृत्यु भएको उद्धारमा सहभागी वीसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment