७ कात्तिक, बारा । बारामा छठ पर्वको रौनक सुरु भएको छ ।
जिल्लाको जितपुरसिमरा उपमहानगरको जितपुर बजारमा छठ पर्वका लागि किनमेल गर्नेको घुइचो लागेको छ ।
छठ पर्वको लागि अनिवार्य मानिने पूजा सामग्रीहरुमा माटोको भाडो -ढकनी), हात्ती, दियो, बाँसका भाडाहरु -दौरी, सुपुली, छैंटी), उखु, नरिवल,आलसको तेल, फलफुल, केरा, चिनीको विशेष किसिमको मिठाई, बतासा, पहेलो धोती आदि किनमेल गर्न बजार पुग्नेको भिड लागेको हो ।
यतिबेला जितपुरसिमरा लगायत बाराको कलैया, जितपुरसिमरा, सिम्रौनगढ, बरियारपुर, गंजभवानीपुर, प्रसौनी, परवानीपुर, उत्तर झिटकैया, भतौडा, ईनर्वासिरा, तेलकुवा, पिप्राढी, बन्जरिया, बेनौली, ब्रम्हपुरी, दोहरी, भोडहा लगायतका स्थानमा रहेका छठघाटहरु सिंगारिएका छन् ।
जिविकोपार्जनका लागि देश बाहिर गएका युवाहरु छठ पर्वका लागि घर फर्केका छन् । जिल्लाको जितपुरसिमरा , कलैया लगायत आसपासका सडक र बजारमा मानव भिड र चहल पहल पनि अप्रत्याशित रुपले बढेकोे छ ।
बारामा बिशेषगरी मधेशी र पहाडीहरुको मिश्रति बसोबास रहेकाले पहाडी समुदायमा पनि यसको रौनक बढ्न थालेको छ ।
पहाडी समुदायका बिवाहित र अविवाहित महिला पुरुषले पनि छठको चार दिनसम्म्ानै बिधिवत रुप्ामा छठ पर्वलाई मनाउने गरेको पाइएको छ ।
सडकमै ब्यापार र पार्किङ, बजार अस्तब्यस्त
जितपुर बजारको भिडले वीरगञ्ज पथलैया औधोगिक करिडोरमा सवारी आवागमनमा गठिनाई भएको छ ।
सडक ब्यापारीले छठका सामाग्री सडकमै बिक्रि बितरणमा राखेपछि साना ठूला सवारीसाधनलाई जितपुर बजार पार गर्न सवारी जाम खेप्नुपरेको छ ।
जितपुर बजार चार लेनको भएपनि अहिले २ लेन सडकभरी किनमेल बजार र पार्किङ छ भने २ लेनबाट मात्र सवारीसाधन गुडिरहेका छन् ।
छठका बेेला वर्षेनी यो बजार अब्यवस्थित हुने गरेको छ । सडकमै ब्यापारीहरुले सामान थुपारी बिक्रिबितरण गर्ने गरेको भएपनि बजार ब्यवस्थापन हुन नसक्दा चाडपर्बमा जितपुर बजार अस्तब्यस्त हुने गरेको हो ।
छठ पर्वको दिन दिनभरी निराहार ब्रत बसेर ब्रतालुले घर नजिकको पोखरी, नदी, सरोवर आदिमा निर्माण भएको छठी घाटमा साझ पख अस्ताउदै गरेको सूर्यलाई अर्घ दिने भोलीपल्ट छठ पर्वको अन्तिम वा चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर यो ब्रतलाई विधिवत रुपमा सम्पन्न गरिन्छ ।
छठ पूजा गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ती हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको कारणले तराई भेगको यो पर्व विस्तारै पहाडी र हिमाली भेगमा समेत मनाउन थालिएको छ । यो पर्व एक भेग एक भूगोलको मात्र नभएर सम्पूर्ण देशको राष्ट्रिय पर्वको रुपमा विकसित हुदै गएको छ ।
तराई मधेसका हिन्दू नेपालीहरुको ठूलो चाठ छडलाई तराईमा मधेश र पहाडी बिचको संस्कृतिलाई जोडने पुलका रुप्ामा हेरिने गरिएकाले पनि महत्वका साथ लिइने गरिन्छ ।
प्रतिक्रिया 4