Comments Add Comment

नगर बिकास समितिको बैठक बोलाएर भवन डिभिजन प्रमुख नै गायव !

एक घण्टा कुरेर फर्किए सिडिओ

८ कात्तिक, गोरखा । बुधवार गोरखा नगरपालिकाको नगर बिकास समितिको बैठक बोलाएर शहरी आवास तथा भवन डिभिजन कार्यालय प्रमुख रोशन श्रेष्ठ आफैं गायव भए ।

कृष्ण राना अध्यक्ष भएसँगै बोलाइएको पहिलो बैठकमा उनी आफैं अनुपस्थित भएपछि बैठक बस्न सकेन ।

समितिको सदस्य सचिवसमेत रहेका श्रेष्ठले बुधवार बिहान ११ बजे बैठकमा उपस्थित हुन भन्दै प्रमुख जिल्ला अधिकारीसहित समितिमा रहेका बिषयगत कार्यालयका प्रमुखहरुलाइ चिठी काटेका थिए ।

चिठी पाएसँगै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, स्थानीय बिकास अधिकारी नारायण प्रसाद आचार्य लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि सबै बिहान ११ बजे भवन डिभिजन कार्यालय पुगे । तर कार्यालय पुग्दा उनीहरुले न त कार्यालय प्रमुख श्रेष्ठलाइ भेटे न त समिति अध्यक्ष कृष्ण राना ।

अध्यक्ष राना र सदस्य सचिव श्रेष्ठको पर्खाइमा प्रजिअ वस्नेत लगायत अन्य कार्यालय प्रमुखहरु एक घण्टा सम्म कार्यालयमा कुरेर बसे । तर भवन डिभिजन प्रमुख थाहै नदिइ तनहूँ हिडेपछि बैठकमा पुगेकाहरु अलपत्र बने ।

‘समितिको बैठक भनेर चिठी आएको थियो, तर बैठक राख्ने मान्छे नै गायव,’ एक कार्यालय प्रमुखले भने । एक घण्टाको पर्खाइ सम्म पनि अध्यक्ष र सदस्य सचिव नआएपछि प्रजिअ लगायतका अन्य टोली फर्किए ।

सदस्य सचिव श्रेष्ठ र अध्यक्ष रानाको लापरवाहीका कारण निर्वाचनको समयमा व्यस्त रहेका प्रजिअ सहित कार्यालय प्रमुखहरु बेकामी बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment