Comments Add Comment

हलमा रमेश र दीपिकाको ‘ऐश्वर्य’, के सोलो रिलिजको फाइदा उठाउला ?


नेपाली चलचित्रले सोलो रिलिजको अवसर कमै मात्र पाउँछन् । झन्, बिदाको दिनमा सोलो रिलिज त निकै कम मात्र चलचित्रले मौका पाउँछन् । छठ पर्वको बिदाको मौका छोपेर आजबाट चलचित्र ‘ऐश्वर्य’ सय बढी पर्दामा सोलो रिलिज भएको छ । गत हप्ता रिलिज भएका २ नेपाली चलचित्रले खासै गतिलो व्यापार गर्न नसकेपछि अहिले सबैको ध्यान ‘ऐश्वर्य’ माथि नै देखिएको छ ।

किरन राना उप्रेतीको निर्माणमा तयार भएको चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रका केही संवादहरु हिट भैसकेका छन् ।
चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी, दीपिका प्रसाई लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा समावेश ‘तिमी रोएको पल तिमीलाई’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । साथमा, चलचित्रको ट्रेलरमा देखिएको उच्च मेकिङ, कलाकारको अभिनय र संवादले पनि यसलाई प्रतिक्षित बनाइएको हो ।

चलचित्रको निर्माण र प्रचारमा नायक रमेश उप्रेतीले कुनै कसर बाँकी छाडेका छैनन् । रमेश चलचित्र चल्नेमा पूर्ण आशावादी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment