Comments Add Comment

आइएमई लाइफ इन्सुरेन्सले बाग्लुङमा शाखा विस्तार गर्‍यो

९ कात्तिक, बाग्लुङ । आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडको बाग्लुङ शाखा सञ्चालनमा आएको छ ।

उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागाईर्ंले गरे । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष श्री चिरञ्जीबी चापागाईर्ंज्यूले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए ।

उक्त अवसरमा जीवन बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रणी बीमा कम्पनीको रुपमा आइएमई लाइफ इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफलता मिलोस भनि शुभकामना व्यक्त गरे ।

सोही अवसरमा अध्यक्ष चापागाईर्ंज्यूले सबैले आफनो र परिवारको सदस्यको जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न पनि उपस्थित सबैलाई आग्रह गरे ।

शुभकामना मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यवसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं वाह्रय प्रर्यटनको साथसाथै मेची देखि महाकालीबाट बैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि समेत यस आइएमई समूहले छिटो छरितो, भरपर्दो एवं विश्वसनियता सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं वाह्य रेमिटान्स सेवा, बैकिङ्ग, जीवन तथा निर्जीवन बीमा सेवा, पर्यटन प्रवर्द्धनको लागि केबलकार, अटोमोवाईल सेवा, जलबिद्युत उत्पादन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको जानकारी दिए ।

आफ्नो गृह जिल्ला समेत रहेको बाग्लुङ्गमा आफ्नो समूहले शुरु गरेका सेवाहरु प्रदान गर्न पाएकोमा अध्यक्ष ढकालले प्रशन्नता ब्यक्त गरे ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

कम्पनीले आज उद्घाटन भएको शाखा सहित देश भरी खोलिने ५५ वटा शाखाहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेर्े जानकारी गराए ।

उक्त कार्यक्रममा अध्यक्ष डा. रामहरी अर्यालज्यूले कम्पनीले १ बर्षभित्र सर्बसाधारणलाई शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूंजी रु. २ अर्ब पुग्ने जानकारी गराए ।

उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, जिल्ला न्यायधीश, मेयर, स्थानिय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, स्थानिय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, बाग्लुुङ्गस्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न यातायात समितिका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीको बाग्लुङ्ग शाखाले सोही दिन रु २० लाख बीमा शुल्क आर्जन गरेको जानकारी गराए ।

कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत आफना ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म जीवन बीमा सेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबै महानुभावहरुलाई आफनो र परिवारको आवश्यक रकमको बीमा गराउन पनि अनुरोध गरे ।

सोही कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि बाग्लुङ्गको बाग्लुङ्ग बजारमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment