+
+
Shares

पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा

कालो झण्डा देखाउने अनेरास्ववियुका नेता पक्राउ

 सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ कात्तिक ११ गते १२:०३

११ कात्तिक, पोखरा । अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् ।

पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका रहेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्री देउवा पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ आउँदै गर्दा पृथ्वीचोक भन्दा करीव ५० मिटर दक्षिणतर्फ नागढुंगास्थित होटल तिरुपतिको अगाडि अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै शिक्षा ऐन खारेज गर भन्दै नाराबाजीसमेत गरेका थिए ।

प्रधामन्त्री आउने भएपछि सुरक्षा ब्यबस्था कडा बनाइएपनि सुरक्षाका लागि तैनाथ भएका प्रहरी कै अगाडि उनीहरुले कालो झण्डा देखाएका थिए ।

सुरुमा पृथ्वीचोकमै कालो झण्डा देखाउन तयार भएर बसेका विद्यार्थीलाई हस्तक्षेप गरी लखेटेपनि उनीहरु थोरै तल नागढुंगामा जम्मा भएर कालो झण्डा देखाएका थिए ।

यसैबीच, कालो झण्डा देखाएको आरोपमा प्रहरीले अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ ।

१५/२० जनाको समूहमा रहेका मध्ये गौतमलाई प्रहरीले पक्राउ गरेको हो । गौतमलाई पक्राउ गर्न लागेका बेला अन्य भने भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?