+
+
Shares

चुनावी तालमेलप्रति कांग्रेस इमान्दार देखिएनः राजपा नेता सुमन

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते १६:३६
१२ कात्तिक, काठमाडौं । राष्ट्रिय जनता पार्टीको महासचिव मनिष सुमनले लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेस इमान्दार नबनेको आरोप लगाएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा कार्यदलका सदस्य समेत रहेका सुमनले भने, ‘कांग्रेसलाई गठबन्धनप्रति कुनै आकर्षण छैन । चुनावी तालमेलमात्रै पनि बाध्यात्मक परिस्थितको उपज हो ।’
तालमेल गर्ने भनिए पनि कांग्रेसले आफुखुशी उम्मेदवार बनाएको र कार्यदलको बैठकमा पनि जिम्मेवार रुपमा प्रस्तुत नभएको उनको आरोप छ । उनले तालमेल गर्ने भए हैसियतअनुसार सिट बाँडफाँट गर्न कांग्रेस तयार हुनुपर्ने बताए ।
साथै मधेसीको मागअनुसार संविधान संशोधन गर्ने प्रतिवद्धता कांग्रेसले गर्नु पर्ने राजपा नेता सुमनको भनाइ छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?