+
+
Shares

शहरी बिकास ऐन बनाउने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १७:४०

१३ कात्तिक, काठमाडौं । सरकारले शहरी विकास ऐन बनाउने तयारी गरेको छ ।

शहरी विकास मन्त्रालयले सहरी विकास योजनालाई एकीकृत ढंगले अघि बढाउन शहरी विकास ऐन ल्याउने तयारी भइरहेको जानकारी गराएको छ ।

सोमबार ‘विश्व बसोबास दिवस’ र ‘विश्व शहरी विकास योजना दिवस’ को अवसर पारेर ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले शहरी विकास योजनालाई एकीकृत ढंगले अघि बढाउन ऐनकै व्यवस्था गर्न लागिएको जानकारी दिए ।

सरकारले शहरी विकास योजनालाई कार्यान्वयनमा लैजान राष्ट्रिय आवास नीति, २०६८ पनि पारित गरिसकेको छ ।

सरकारले जनता आवास कार्यक्रममार्फत् हालसम्म समुदायलाई ६ हजार आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।

यस वर्ष २५ हजार आवास बनाएर जनतालाई हस्तान्तरण गर्ने योजना बनाइएको पनि सचिव शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?