+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

नयाँ शक्ति वाम र लोकतान्त्रिकको फ्यूजन होः बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १४ गते ९:५०

१४ कात्तिक, पोखरा । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्र वैकल्पिक शक्ति बन्न नसक्ने दाबी गरेका छन् ।

एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको तर, दुई पार्टीले नमानेपछि आफू गठबन्धनबाटै बाहिरिएको उनको दाबी छ ।

गोरखा २ वा नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको आरोप गलत भएको दाबी गरे ।

प्रेस सोसाइटी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा डा. भट्टराईले स्टालिनकालीन कम्युनिष्टको अब औचित्य नरहेको बताए ।

आफू संयोजक रहेको नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताउँदै उनले दुबैलाई समदुरीमा राखेर अगाडि बढ्ने बताए । लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रुपमा लिन नहुने जिकिर गर्दै उनले भने, ‘नयाँ शक्ति वाम पार्टी पनि हैन, पूर्ण लोकतान्त्रिक पार्टी पनि हैन ।’

संयोजक डा.भट्टराईले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग स्थायी गठबन्धन नबनाएको स्पष्ट पारे । आवश्यक्ता अनुसार लोकतान्त्रिक वा वाम गठबन्धनसँग गठबन्धन बनाउन सकिने तर, त्यो परिस्थिति अनुसार हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?