+
+
Shares

प्रदेश २ को सिट बाँडफाँटः फोरमलाई १७ र राजपालाई १५ सिट

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १४ गते १९:२९

१४ कात्तिक, काठमाडौं । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ ।

रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमले पाएको छ ।  सर्लाहीको १, २ र ४ राजपाले पाउँदा ३ फोरमको भागमा परेको छ ।

धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ । सप्तरीको १ र २ फोरम तथा ३ र ४  राजपाले लिएका छन् । त्यस्तै महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भागमा परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?