Comments Add Comment

काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप

फाइल तस्वीर

१४ कात्तिक, काभ्रे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप भएको छ ।

स्थानीय तहको निर्वाचनताका ३०७ मतदान केन्द्र भएकामा ४३ मतदान केन्द्र थप भएर ३५० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदानस्थल १८९ कायम गरिएको छ ।

निर्वाचन अधिकृत मधुकर पोखरेलले मतदानस्थल वा मतदान केन्द्रका लागि जिल्लामा तीन हजार ८४८ कर्मचारी परिचालन हुने जानकारी दिँदै प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र फरक/फरक भए अझै ३५० कर्मचारी थप हुने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन सम्बन्धी विभिन्न तयारी भइरहेको उल्लेख गर्दै निर्वाचन अधिकृत पोखरेलले चरणवद्धरूपमा तालिम, गोष्ठी पनि सञ्चालन हुने जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० गते पहिलोचरणमा र दोस्रोचरणमा मंसिर २१ गते हुँदैछ । त्यसैगरी जिल्लामा ४१ हजार ४४२ नयाँ मतदाता पनि थपिएका छन्, सो संख्यासँगै काभ्रेपलाञ्चोकमा कुल मतदाता दुई लाख ७२ हजार २९२ पुगेका छन् ।

स्थानीय निर्वाचनपछि मतदाता नामावली अद्यावधिक गर्न वा नाम छुट भएकाले दर्ता गर्न आयोगले अनुरोध गरेका थिए ।

काभ्रेपलाञ्चोकमा एक हजार ५१६ म्यादी प्रहरी छनोट 

यसैगरी निर्वाचनका लागि तीन हजार ४५५ म्यादी प्रहरीको आवेदन परेको काभ्रेपलाञ्चोकमा एक हजार ५१६ जना छनोट भएका छन् । छनोट भएकामध्ये एक हजार १९ पुरुष र ४९७ जना महिला छन् ।

काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ललितपुर, धादिङ र रसुवालगायतका जिल्लाबाट ५५ दिनका लागि म्यादी प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीभित्र प्रहरी जवानका लागि चाहिने आवश्यक मापदण्ड अपनाएर छनोट गरेका हौ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताए ।

उनीहरूलाई आइतबारदेखि नै निर्वाचन सुरक्षा, संवैधानिक व्यवस्थालगायतका विभिन्न विषयमा दुई सातासम्म तालीम दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment