Comments Add Comment

विद्यासुन्दरले भने-बागदबार भन्ने अस्तित्वमा छैन, हरिभवन भत्काउँछौं


१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरतात्विक एवम् एतिहासिक बागदरबार जसरी पनि भत्काउने बताएका छन् । आज राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले अहिले महानरपालिका रहेको भवनलाई बागदरबार भन्नु तथ्यप्रद नभएको दावी गरे ।

‘भत्काउन लागिएको भवन बागदरबार नै होइन । यो १९९० पछि जुद्धशमसेरका छोरा हरि समशेरले बनाएका हुन्’ शाक्यले दावी गर्दै भने,’सय वर्ष नुपुगेको भवनलाई एतिहासिक र पुरतात्विक भनिँदैन । प्राचीन स्मारक संरक्षण ऐनलेनै सय वर्ष नपुगेका भवनलाई पुरतात्विक मानेको छैन ।’

शाक्यले महानगरपालिकाले अहिले ‘हरिभवन’लाई भत्काएर नयाँ कार्यालय भवन बनाउन डिजाइनको काम अन्तिम चरण्मा पुर्‍याएको जानकारी दिए ।

‘बागदरबार भनेको ठेगाना मात्रै हो । अमर थापाले बनाएको भनिएको बागदरबार अहिले अस्तित्वमा छैन,’ मेयर शाक्यले भने,’सिंहदरबारको मूल भागबाहेकका क्षेत्रलाई पनि सिंहदरबार भनेको जस्तै बागदरबार पनि ठेगाना मात्रै हो ।’

उनले पुरतत्व विभागसँग पनि यस विषयमा आफूहरुले छलफल गरिरहेको बताउँदै बागदरबारभित्र राणकालीन, मल्लकालीन र आधुनिक कालीन संरचनाको फ्ुजन गरेर नयाँ भवन निर्माण गरिने बताए ।

भूकम्पले क्षति पुर्‍याएपछि यसअघि पनि महानगरपालिकाले बागदबार पुनर्निर्माण गर्न प्रस्ताव गरेको थियो । तर, पुरतत्व विभागले त्यसलाई पुरतात्विक भवन भन्दै रेट्रोफिट गरेर संरक्ष्ण गर्न निर्देशन दिएको थियो ।

त्यसपछि बागदरबार पुनर्निर्माण्को योजना स्थगित भएको थियो । शाक्य मेयरका रपमिा आएपछि पुनः त्यसलाई भत्काएर पुननिर्माण गर्न कस्सिएका छन् ।

उनले बागदरबार भनिएको हरि भवनमा विसं १९९० पछिका मिति उल्लेख भएका ईँटा प्रयोग भएको पाइएको दावी गरे ।

‘हुँदै नभएको बागदरबार के भत्काउने ?’ मेयर शाक्यले भने, ‘हामी हरिभवन भत्काएर नयाँ भवन बनाउँछौं ।’
उनले यो भवन भत्काउने विषयमा अनावश्यक विवाद नझिक्न सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment