
१४ कात्तिक, काठमाडौ. । सल्यानमा एमाले र माओवादीले सिट भागबन्डा गरेका छन् ।
सुरुमा एमाले र माओवादी दुवै दलले प्रतिनिधिसभा दावी गरेपछि विवादित बनेको सल्यानमा अन्नतः प्रतिनिधिसभा माओवादी र प्रदेशसभा (क) र (ख) दुवै एमालेले लिने गरी सहमति भएको स्रोतको भनाइ छ ।
एउटा मात्रै क्षेत्र रहेको प्रतिनिधिसभामा माओवादीले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतलाई उम्मेदवार बनाउने भएको छ ।
प्रदेशसभा सदस्यका लागि एमालेका प्रकाश ज्वाला र गुलावजंग शाह गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने भएका छन् ।
एमालेका शाहीले यसअघि प्रतिनिधिसभाका लागि दावी गरिरहेका थिए । अब उनलाई कुनै एउटा प्रदेशको उम्मेदवार बनाउने स्रोतले बतायो । तर, ज्वाला र शाहको प्रदेशको क्षेत्र भने छुट्याइएको छैन् ।
प्रकाश ज्वालाले पहिले नै प्रदेशसभामा दावी गरेका थिए । ज्वालाले आफूलाई प्रदेशको जुन क्षेत्र दिएपनि चुनाव लड्न तयार रहेको बताए ।
यसैबीच प्रकाश ज्वाला नै प्रदेशसभाका लागि चुनाव लड्ने भएपछि प्रदेश नं. ६ को मुख्य मन्त्रीका रुपमा लिइएको छ ।
एमालेका तर्फबाट ज्वाला नै मुख्यमन्त्रीको मुख्य दावेदार हुने एमाले स्रोतको भनाइ छ ।
यस्तै सुर्खेत क्षेत्र नं. २ -क)को उम्मेदवारी घोषणा गरिएका यामलाल कंडेललाई यस अघि नै प्रदेश नं. ६ को मुख्य मन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया 4