Comments Add Comment

अडिसन स्टुडियोमा देखिइन् शाहरुखकी छोरी, के फिल्ममा आउने तयारी हो ?

भारतीय मिडियाहरुमा अहिले शाहरुख खानकी हुर्केकी छोरी सुहानाको खुबै चर्चा छ । उनका हरेक गतिविधिहरुलाई मिडियाले पछ्याइरहेका छन् ।

सुहानाले चाँडै बलिउडमा डेब्यू गर्न लागेको अड्कल पछिल्ला दिनहरुमा काट्न थालिएको छ । यो अडकललाई मलजल दिने गरी सुहाना हालै एक अडिसन स्टुडियोमा झुल्किइन् ।

त्यसो त सुहाना कुनै फिल्मको लागि अडिसन दिन त्यहाँ गए कि हुन् कि अडिसन कस्तो हुँदो रहेछ भनेर हेर्न गएकी हुन् प्रष्ट भएको छैन । जे भए पनि उनी चाँडै नै फिल्ममा आउन आतुर छिन् भनेर बुझ्न सकिन्छ ।

पछिल्ला दिनमा सुहाना सामाजिक कार्यक्रमहरुमा निकै देखिन थालेकी छिन् । उनको लुक्स पनि निकै ग्ल्यामरस हुने गरेको छ । शुक्रबार उनी हेलोइन पार्टीमा देखिएकी थिइन् । वान पिस लगाएर आएकी सुहानामा धेरैको आँखा परेको थियो । पार्टीमा उनकी आमा गौरी खान पनि थिइन् ।

त्यसो त सुहाना अहिले लन्डनमा पढिरहेकी छिन् । उनी छुट्टमिा भारत आएकी हुन् । शाहरुखले आफ्नी छोरी फिल्ममा आउन लालायित रहेको केही समयअघि खुलासा गरेका थिए । सुहानाको अभिनयको तारिफ शबाना आजमीले पनि गरेकी छिन् ।

सुहाना आफ्ना साथीहरु अनन्या पाण्डे (चंकी पाण्डेकी छोरी) र शनाया कपुर (संजय कपूरकी छोरी)सँग अक्सर घुमिरहेकी भेटिन्छिन् । उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल हुँदै आएका छन् । कहिलेकाहीँ उनी ट्रोलिङको शिकार पनि हुन्छिन् । हालै एउटा तस्वीरमा उनको क्लिभेज देखिएको थियो । यसलाई लिएर उनलाई ट्रोल गरिएको थियो ।

केही समयअघि उनी स्वीमसुटमा देखिएकी थिइन् । उक्त फोटोमा पनि केही फ्यानहरुले भद्दा कमेन्ट गरेका थिए । त्यसलाई लिएर शाहरुखले . जवाफ दिएका थिए । उनले भनेका थिए, ‘सुहानाको तस्वीरलाई यसकारण महत्व दिइन्छ कि उनी मेरी छोरी हुन् । तर, उनी अहले सानै छिन् र सबैले यही नजरले उनलाई हेर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment