Comments Add Comment

उपत्यकामा माओवादी उम्मेदवारः काठमाडौं १ मा जनार्दनका भाइ, १० मा हितमान

वर्षमान पुनकी बहिनीले प्रदेशसभाको टिकट पाइन्

१५ कात्तिक,काठमाडौं । माओवादी केन्द्रले उपत्यकाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम टुंगो लगाएको छ । गठबन्धनका नाममा माओवादी नेताहरु वर्षमान पुनकी बहिनी र जनार्दन शर्माका भाइलाई टिकट दिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।

वाम गठबन्धनको तर्फबाट काठमाडौं १ मा अनिल शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग वामपन्थी गठबन्धनको तर्फबाट शर्मा भिड्ने भएका छन् ।

केही समयअघिमात्र अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्ष उठेर रन्जित तामाङसँग पराजित शर्मा पूर्व गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माका सहोदर भाइ हुन् ।

काठमाडौं १ एमालेले पाउने सहमति भएकोमा अन्तिममा माओवादीलाई छाडेपछि शर्मा उम्मेदवार बनेका हुन् ।

त्यस्तै काठमाडौं ६ बाट झक्कु सुवेदी उम्मेदवार बनेका छन् । पहिलो संविधानसभामा उनले काठमाडौं २ मा माधवकुमार नेपाललाई पराजित गरेका थिए ।

त्यस्तै क्षेत्र नम्बर ८ बाट उमेश स्थापित र १० बाट हितमान शाक्य उम्मेदवार तय भएको माओवादीका काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले जानकारी दिए ।

काठमाडौंमा माओवादीले प्रदेशसभा सदस्यतर्फ जम्मा २ सिट पाएको छ । जसमध्ये काठमाडौं ३ को क मा रुद्र बराईली र १० को ख मा दिलिप महर्जनको नाम तय भएको छ ।

ललितपुर ३ मा प्रतिनिधिसभातर्फ माओवादी प्रवक्ता पम्फा भुसाल उम्मेदवार बन्ने टुंगो लागेको छ ।

त्यस्तै प्रदेशतर्फ १ को (क) मा वर्षमान पुनकी बहिनी सुशीला पुन र ३ को (क) मा पूर्व सभासद राजकाजी महर्जन उम्मेवार बनेका छन् । नारायणमान बिजुक्छेलाई छाड्ने भनिएको भक्तपुर १ मा माओवादीले मिलन सुवाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment