Comments Add Comment

बदर मत रोक्न गोरखामा नमूना मतदान


१७ कात्तिक, गोरखा । बिहीबार गोरखा क्याम्पस गोरखामा मतदान भइरहेको थियो । मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदान गरिरहेका थिए । मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए । अति सम्वेदनशील मानिएको उक्त मतदान स्थलमा बाक्लै मात्रामा म्यादी प्रहरीसहित सुरक्षा टोली खटाइएको थियो ।

यस्तो दृश्य देखेर कतिपय अचम्ममा परे । तर यो मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किउन भनेर गरिएको नमूना मतदान थियो ।

आसन्न निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा बिहीबार नमूना मतदान भएको हो ।

मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएको गोरखाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । उनले नमूना मतदानले बदर मतको संख्यालाई न्यूनीकरण गर्न समेत सहयोग पुग्ने दावी गरे ।

मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनका लागी गोरखामा २१३ मतदान स्थल र २८२ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये ६८ मतदान स्थल अतिसंवेदनशील, ११३ संवेदनशील र १२ सामान्य रहेका छन् । चुनावी सुरक्षार्थ गोरखामा १८ सय ५८ म्यादी प्रहरी भर्ना गरिएको छ । गोरखामा कूल एक लाख ८९ हजार ४४८ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment