सौन्दर्य प्रसाधनको कसरी प्रयोग गर्ने ? मेकअपको क्रममा अक्सर महिलाहरु यस्तै सोच्छन् । मेकअप राम्रो हुनु/नहुनुमा मेकअप गर्ने विधी त सहि हुनुपर्छ नै, कस्मेटिक्स उत्पादन पनि स्तरिय हुनुपर्छ ।
कस्मेटिक्स उत्पादन कसरी स्तरिय हुन्छ ?
यसका लागि सहि छनौट हुनुपर्छ । अर्थात गुस्तरिय ब्रान्ड खरिद गर्नुपर्छ । त्यसका साथै त्यसलाई राख्ने (स्टोरेज) गर्ने विधी पनि जान्नुपर्छ ।
हामी खास ख्याल गर्दैनौ कि, कस्मेटिक्स उत्पादनको म्याद गुजि्रन्छ भन्ने कुरा । यद्यपी निश्चित अवधीपछि अन्य सामाग्री जस्तै कस्मेटिक्स उत्पादनको पनि म्याद गुजि्रन्छ । म्याद गुजि्रएको कस्मेटिक्सले आकर्षक देखिने होइन, बरु छालाको सौन्दर्य नै फिका बनाइदिन्छ । छालाको एलर्जी जस्ता समस्या ल्याउन सक्छ ।
छोटो अवधीमै कस्मेटिक डेट एक्सपायर्ड हुन्छ
छोटो समयमा नै मेकअप प्रोडक्ट एक्सपायर्ड हुन्छन् र तिनीहरुको प्रयोग गर्दा छालालाई ठूलो हानी पुग्न सक्छ । यसबाट छालाको इन्फेक्सन वा कस्मेटिक एलर्जीको खतरा रहन्छ ।
थाहा हुनु पर्छ कि कुन मेकअप सामग्री एक्सपायर्ड भयो र त्यसलाई फ्याक्ने बेला भयो । अतः यहाँ कुन मेकअप सामग्री कति दिनमा एक्सपायर्ड हुन्छन् भन्ने जानकारी दिइएको छ ।
लिपिस्टिक
दैनिक मेकअपमा महिलाहरुले सबैभन्दा बेसी प्रयोग गर्ने सामग्री लिपिस्टिक । यद्यपि, निकै कम महिलाहरुलाई यो कुरा थाहा होला कि एउटा लिपिस्टिक एक वर्षभन्दा लामो समय प्रयोग गर्नु हुँदैन । एक्सपायर्ड भइसकेको लिपिस्टिक लगाउँदा ओठको रंग कालो हुन सक्छ ।
कन्सिलर
त्वचालाई निखार्नका लागि कन्सिलरको प्रयोग गरिन्छ । यसले अनुहारको दाग-धब्बा पनि लुकाउँछ । यो कस्मेटिक सामग्री एक वर्ष वा सोभन्दा लामो समयसम्म चल्छ । तर कुनै पनि प्रकारको एलर्जीबाट बच्नका लागि एक वर्षपछि यसलाई फ्याकिदिनुपर्छ ।
ब्लसर
गालालाई गुलाबी बनाउनका लागि ब्लसरको प्रयोग गरिन्छ । महिलाको मेकअप सामग्रीमा यसको निकै महत्व हुन्छ । ब्लसर पनि एक वर्षसम्म चल्न सक्छ । जबसम्म ब्लसरले तपाईंको स्किनमा कुनै एलर्जीजस्तो असर देखाउँदैन, तबसम्म यसको प्रयोग गर्न सकिन्छ ।
लिप ग्लस
ओठलाई हट लुक दिनका लागि लिप ग्लसको प्रयोग गरिन्छ । हरेक उमेरका महिलाहरुले दैनिक लिप ग्लसको प्रयोग गर्छन् । एक देखि डेढ वर्षभित्र लिप ग्लस एक्सपायर्ड हुन्छन् ।
आई लाइनर
जेल लाइनरलाई ३ देखि ४ महिनामा बदल्नुपर्छ । तर, पेन्सिल लाइनरले भने कुनै हानी गर्दैन र यसलाई २ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
फेस पाउडर
दैनिक मेकअपमा फेस पाउडर पनि महत्वपूर्ण हुन्छ । राम्रो गुणस्तरको फेस पाउडर २ वर्षसम्म चल्न सक्छ । २ वर्षपछि यसलाई जरुर बदल्नुस, अन्यथा स्किनको इन्फेक्सन हुन सक्छ ।
आइ स्याडो
क्रिम र पाउडर दुवै प्रकारका आइ स्याडो पाइन्छन् । क्रिम आइ स्याडो एक वर्षसम्म प्रयोग गर्न सकिन्छ, जबकि पाउडर आइ स्याडो दुई वर्षसम्म चल्छ । एक्सपायर्ड भइसकेको आइस्याडो प्रयोग गर्नबाट जोगिनुस, अन्यथा स्किन एलर्जी हुन सक्छ ।
फाउन्डेसन
दैनिक मेकअप गर्ने हरेक महिलाले फाउन्डेसनको प्रयोग गर्छन् । स्किन इन्फेक्सनबाट बच्नका लागि समयमै फाउन्डेसन बदल्नु आवश्यक छ । क्रिम कम्प्याक्ट फाउन्डेसनलाई १८ महिनामा बदल्नुपर्छ जबकि आयल फ्रि फाउन्डेसन १२ महिनासम्म चल्छ ।
मस्कारा
धेरै महिलाहरु आफ्ना आँखाको सुन्दरता बढाउनका लागि मस्काराको प्रयोग गर्छन् । मस्काराबिना आँखाको मेकअप अधुरो मानिन्छ । मस्कारा ३ देखि ४ महिनाभित्र खराब हुन्छ । त्यसैले यसलाई समय समयमा फेरिरहनु पर्छ ।
ब्रन्जर्स
फाउन्डेसनजस्तै ब्रजर्स पनि दुई वर्षसम्म टिक्न सक्छ । त्वचालाई निखार्ने यो सामग्री समय रहँदै बदल्नु राम्रो हुन्छ ।
प्रतिक्रिया 4