तौल घटाउन के गर्ने ? यसका लागि अनेक विकल्प छन् । कोही जिम जान्छन्, कोही डाइटिङ गर्छन् त कोही योगाको सहारा लिन्छन् ।
तर, यी सबैभन्दा सजिलो काइदा छ । यस्ता घरायसी काम गरौ, जसले काम त सम्पन्न हुन्छ नै शरीरको तौल नियन्त्रण पनि । घरको सानोतिनो काम गरेर क्यालोरी वर्न गर्न सकिन्छ । यसले स्वतः तौल घट्छ ।
बगैंचाको हेरचाह
विरुवाहरुमा पानी हाल्नु, माटो खन्नु जस्ता काम आइपर्छन् । यसबाट हातको पुरा एक्सरसाइज हुनुको साथै राम्रो वर्कआउटको फाइदा प्राप्त हुन्छ । खासमा जुन मुद्रामा हामी बगैंचाको स्याहार गछौं, त्यसबाट शरीरको मांसपेशीहरुको पनि स्ट्रेचिङ हुन्छ ।
भाँडा माझ्ने
भाँडा माझ्ने क्रममा पनि पूरा शरीर गतिशील रहन्छ । त्यसैले घरमा काम गर्नेलाई भाँडा मझाउनुको साटो आफैं अघि सर्नुस । यसले तपाईंको क्यालोरी बर्न पनि हुन्छ र भाँडा पनि टल्किन्छ ।
भुईं पुछ्ने
सिंगो घरको भूँई पुछ्नु वजन घटाउने एउटा उत्तम उपाय हो । यदि पुट्ट पेट बाहिर निस्केको छ भने बसेर भुईं पुछ्दा पेट घटाउन सहयोग पुग्छ ।
कुकुर घुमाउने
घरमा कुनै पाल्तु जनावर छ भने क्यालोरी बर्न गर्नु कुनै मुस्किल कुरा होइन । कुकुरलाई घुमाउने बहानामा बिहान-बिहान घुम्न निस्कनुपर्छ । यसले पनि वजन घटाउन सहयोग गर्छ ।
सामान किन्न जाने
महिनाभरीको रासन अनलाइन अर्डर गर्ने वा घरमा मगाउने गर्नुको होइन, बरु आफै किनमेलका लागि जाने गरौ । यसरी पसल आउजाउ गर्दा पनि शरीरको एक्सरसाइज हुन्छ र तौल घट्छ ।
हातले कपडा धुने
अहिले धेरै घरहरुमा वासिङ मेसिन भित्रिन थालेका छन्, जसले गृहणी महिलाहरुलाई अल्छि बनाइरहेको छ । आफ्नो शरीरको वजन कम गर्ने हो भने वासिङ मेसिनमा हाल्नुको साटो आफ्नै हातल धुनुपर्छ । यसले पुरा शरीरको एक्सरसाइज हुन्छ ।
प्रतिक्रिया 4