+
+
Shares

कांग्रेसको फेरो समाएर सत्तामा जान्नँः प्रचण्ड

सुवास पण्डित सुवास पण्डित
२०७४ कात्तिक २३ गते १६:५५

२३, कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कांग्रेसको फेरो समाएर सत्तामा नजाने बताएका छन् । कांग्रेस नेताहरुले चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने बताइरहेका बेला प्रचण्डले त्यसलाई अस्वीकार गरे ।

अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सत्ताको डाडुपन्यू कम्युनिष्टहरुको हातमा ल्याउन एमाले र माओवादीवीच एकता गर्न लागिएको बताए । ‘कहिले एमाले कांग्रेससँग मिलेर जाला कहिले माओवादी कांग्रेससँग मिलेर जाला तर मुलतः डाडपन्यू कांग्रेसकै हातमा हुन्छ यसरी समाजवाद ल्याउन सकिँदैन’ उनले भने ।

उनले सरप्राइज दिने गरी एमालेसँग पार्टी एकता घोषणा गर्ने बताए । उनले भने, ‘दशैं मनाइरहेका नेपालीलाई एमाले र माओवादीको पार्टी एकता संयोजन समिति र वाम तालमेलको घोषणा जसरी सरप्राइज लागेको थियो । त्यसैगरी चुनाव लगत्तै पार्टी एकताको घोषणा गरिनेछ ।’

पार्टी एकताको तयारी पूरा भएको उनले बताए । ‘हिजो मात्रै मैले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको छु, पार्टी एकतालाई छिट्टै टुग्याउने समझदारी भएको छ’ उनले भने ।

प्रचण्डले यदि सरकारले १० दिन मात्रै निर्वाचन सरेको भए पार्टी एकता घोषणा गर्ने योजना बनेको सुनाए । एमाले र माओवादीभित्र विचारधारा, कार्यगत र टिकट वितरणको असन्तुष्टिलाई ‘क्यास’ गरेर वाम गठवन्धन र पार्टी एकतालाई भत्काउन खोजेको भन्दै उनले त्यसविरुद्ध नेतृत्व र आम कार्यकर्ता पंक्ति सचेत भएर लाग्नुपर्ने बताएका छन् ।

चितवनमा प्रदेश क्षेत्र ६ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ वटा भएपनि महिला उम्मेदवार नहुनु कमजोरी भएको प्रचण्डले स्वीकार गरे । आगामी दिनमा यस्तो गल्तीलाई सच्चाएर जिल्लाबाट महिलाहरुको उचित प्रतिनिधित्व गराइने माओवादी अध्यक्ष प्रचण्डले बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?