Comments Add Comment

नेपालगञ्जका मेयर भन्छन्– पहिला चुनाव प्रचार, त्यसपछि नगरको काम गरौंला

२३ कात्तिक, नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणाले आफ्नो पहिलो प्राथामिकता आसन्न निर्वाचनको प्रचार र दोस्रोमा मात्र नगरपालिकाको काम हुने बताएका छन् ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार अभियान तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जसरी पनि जिताउने उद्घोष गरेका हुन् ।
‘अहिले लोकतन्त्र खतरामा छ । लोकतन्त्रको संरक्षणको लागि लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नु जरुरी छ’, उनले भने, ‘त्यसैले निर्वाचनको अवधिभरि मेरो प्राथामिकतामा नेपालगन्ज नगरपालिका छैन । पहिला प्रचारको काम अनि मात्र नगरपालिकाको काम हेरौंला ।’

उनले आफ्नो विगत सम्झँदै भने, ‘कुनै बेला म पनि एमालेको सदस्य थिए । मैले त्यहाँभित्र रहँदा उनीहरुकोे डिक्टेटरसिप हेरेको छु । उनीहरु निर्णय सुनाउँदै जबरजस्ती लाद्छन् । त्यहाँ लोकतन्त्रको कुनै भ्यालु हुँदैन । त्यसैले वाद, अधिनायकत्व र कम्युनिष्ट शासन स्थापित हुन नदिन हाम्रो गठबन्धन भएको हो ।’

उनले वाम गठबन्धन नेपाल र नेपालीहरुको प्रयासबाट नभएको दाबी गर्दै भने, ‘यो प्रस्ट रुपमै उत्तरी छिमेकीको चलखेल र दवावको कारण भएको हुनुपर्छ । विदेशीहरुले गराइदिएको यो गठबन्धनका कारण लोकतन्त्र, प्रजातन्त्र र राष्ट्र बचाउनका लागि लोकतान्त्रिक गठबन्धन आवश्यक भएकाले निर्माण गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment