Comments Add Comment

साम्राज्ञी र प्रदिपको जोडी पर्दामा, बन्ने भयो ‘भैरवी’


संभवत, नेपाली चलचित्र क्षेत्रमा दर्शकले सर्वाधिक प्रतिक्षा गरेको जोडी हुनसक्छ, नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको । हो, अब यो जोडी पहिलो पटक नेपाली चलचित्रको पर्दामा देखिने भएको छ । यो जोडीलाई लिएर निर्माता सुवास गिरीले चलचित्र ‘भैरवी’ बनाउने तयारी गरेका छन् । साम्राज्ञी र प्रदिपले १ महिना अगाडि नै चलचित्रमा काम गर्ने संझौता गरिसकेका छन् ।

यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । चलचित्रको अहिले धमाधम स्क्रिप्टमा काम भैरहेको छ । यो चलचित्रलाई विं.सं २०७५ सालको भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रलाई ठूलो क्यानभासमा खिचिनेछ ।

निर्माता सुवास गिरीले भने–‘हामी चलचित्र ‘कृ’को रिलिज लगतै यो चलचित्रको छायांकनमा जानेछौ । बीग बजेटमा यो चलचित्र निर्माण हुनेछ ।’ साम्राज्ञी र प्रदिप दुबै यो चलचित्रका लागि उत्साहित छन् ।

धेरै दर्शकले पर्दामा साम्राज्ञी र प्रदिपको जोडीलाई हेर्न चाहनु भएको थियो । अब, दर्शकको यो चाहना करिब १ बर्षपछि पुरा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment