Comments Add Comment

बर्षा र आश्माले पर्खिए ‘रानी महल’, तर गरे ‘भैरे र ड्रिम गर्ल’


चलचित्र ‘रानी महल’का लागि पहिलो रोजाइमा थिए नायक प्रदिप खड्का । यो चलचित्रका लागि प्रदिप आफैले पनि आफू सुहाउँदो जोडी खोजिरेहका थिए । तर, पछि प्रदिप आफै यो चलचित्रमा रहेनन् ।

चलचित्रमा नायिकाको रुपमा सन्ध्या केसीलाई अफर गरियो । तर, अहिले सन्ध्या पनि यो चलचित्रमा छैनन् । चलचित्रका लागि सन्ध्यापछि नायिका बर्षा  सिवाकोटीलाई अफर गरियो ।बर्षा ले यो चलचित्रको छायांकन कुरेको ३ महिना भैसक्यो । तर, चलचित्रको छायांकन सुरु हुने मेसोमेलो नै छैन ।

यो चलचित्रमा सुरुवातमै अनुवन्धित भएकी कलाकार हुन्, आश्मा गिरी । आश्माले यो चलचित्रका लागि वर्कशप पनि गरिन् । तर, यो चलचित्रको छायांकन सुरु हुने अत्तोपत्तो भएन ।

यही विचमा उनलाई निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘ड्रिम गर्ल’का लागि अफर गरे । यो चलचित्रको शिर्ष भूमिकामा अफर भएपछि आश्मालाई पनि चिठ्ठा नै पर्‍यो । यो चलचित्रको छायांकन सुरु भैसकेको छ । बर्षा  पनि चलचत्रि ‘भैरे’को छायांकनको तयारीमा छिन् । मंसिर १ गतेबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

बर्षा  र आश्मा एउटै चलचित्रमा काम गर्ने तयारीमा थिए । तर, ‘रानी महल’को छायांकन सुरु नहुँदा यी दुई फरक-फरक चलचित्रमा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment