+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

शिक्षकले तलब नपाएपछि रौतहटका सामुदायिक विद्यालय बन्द

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ कात्तिक २८ गते १३:११
चार महिनासम्म तलव नपाएपछि अान्दोलनमा उत्रिएका शिक्षकशिक्षिकाहरू

२८ कात्तिक, रौतहट । साउन महिनादेखि तलब नपाएको भन्दै रौतहटका शिक्षकहरुले मंगलबार जिल्लाका सबै विद्यालय बन्द गराएका छन् ।

यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकामा संचालित सामुदायिक विद्यालयका शिक्षकहरुले विगत चार महिनादेखि तलब पाएका छैनन् ।

तलब निकासा गर्न गाउँपालिका तथा नगरपालिकालाई आग्रह गर्दा समेत दशैं र तिहारको बेला समेत आफूहरुले तलब नपाएको गुनासो शिक्षकहरुको छ ।

नयाँ आर्थिक वर्षसँगै स्थानीय तहले नै आˆनो क्षेत्रमा संचालनमा रहेको विद्यालयको शिक्षकलाई तलब खुवाउनु पर्ने व्यवस्था भएपछि यी दुवै स्थानीय तहका शिक्षकहरुले तलब पाएका छैनन् ।

आफूहरुले काम गरेको तलब निकासा गराइदिन पटकपटक प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्दा पनि कुनै सुनवाई नभएपछि शिक्षकहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका थिए ।

बाटो अवरुद्ध गरेर धर्ना दिइरहेका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेपछि विवाद बढेको थियो ।

काम गरेको तलब माग्दा र शान्तिपूर्ण धर्ना दिदा प्रहरीले दुव्र्यवहार गर्दै नियन्त्रणमा लिएको भन्दै नेपाल शिक्षक सघ, नेपाल राष्ट्रिय शिक्षक संगठन लगायत विभिन्न पेशागत शिक्षक संगठनहरुले मंगलबारबाट जिल्लाभरीका सामुदायिक विद्यालय बन्द गराएको शिक्षक संगठनका मणिशंकर निधिले जानकारी दिएका छन् ।

तलब निकासा नभएसम्म विद्यालयहरु अनिश्चितकालको लागि बन्द गराएको उनले बताए ।

शिक्षक संगठनहरुको विरोधका कारण मंगलबार जिल्लाका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?