+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जिम्बाब्बेमा राजनीतिक संकटः सेनाले नियन्त्रणमा लियो राष्ट्रिय प्रसारण

बीबीसी बीबीसी
२०७४ कात्तिक २९ गते ७:५१

२९ कात्तिक, हरारे । जिम्बावेमा राजनीतिक संकट चुलिएको बेला सेनाले जिम्बाब्बे नेशनल ब्रोडकास्टर (जेडबीसी)को केन्द्रीय कार्यालय नियन्त्रणमा लिएको छ । जेडबीसी जिम्बाब्बेको राष्ट्रिय प्रसारण हो र यसअन्तर्गत टेलिभिजन, अनलाइन, एफएम लगायत सरकारी सञ्चार माध्यमहरु छन् ।

राष्ट्रिय टेलिभिजन नियन्त्रणमा लिनुलाई सेनाले ‘कू’ गर्ने पूर्व संकेतको रुपमा अर्थ्याइएको छ । जिम्बाब्बेको राजधानी हरारेमा सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् । केही स्थानमा बम पड्किएका आवाज सुनिएको छ तर यसको कारण खुलेको छैन ।

९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले  उत्तराधिकारीको विवादमा उपराष्ट्रपतिलार्इ बर्खास्त गरेपछि राजनीतिक कलह चुलिएको छ ।

सेनाको आलोचना

सेनाले जेडबीसीको केन्द्रीय कार्यालय नियन्त्रणमा लिएको विषयमा राष्ट्रपति मुगाबेको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन । तर, दक्षिण अफ्रिकाका लागि जिम्बाबेका राजदूत इसाक मोयोले भने सैनिक ‘कू’को सम्भावनालाई नकारेको बीबीसीले लेखेको छ ।

यसअघि जिम्बावेको सेना प्रमुखबाट देशको राजनीतिक संकट समाधानका लागि हस्तक्षेप गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएको थियो । सोमबार सेना प्रमुख कन्सट्यान्टिनो चिवेङ्गाले लामो समय युद्धमा सहभागी भएका पाका व्यक्तिहरुविरुद्ध सरकारले निशाना साँध्ने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।

सत्तारुढ दल जानु पीएफले तत्काल विज्ञप्ति जारी गरेर सेना प्रमुख चिवेङ्गाको अभिव्यक्तिलाई देशद्रोहको भावनाले प्रेरित भएको टिप्पणी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?