Comments Add Comment

बोल्न नजान्दा नीति शाहको चर्को आलोचना, के भनेकी थिइन् उनले ?


‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेपछि मोडल नीती शाह ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै जापान पुगिन् । अन्तरराष्ट्रिय प्लेटर्फममा नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीबाट नेपालले पनि ठूलै आशा गरेको हुन्छ । किनकी, नेपालबाट प्रतिनिधित्व गर्ने सहभागीले नेपालको बिषयमा अन्य देशका सुन्दरी, आयोजक र त्यहाँका जनतालाई राम्रो सन्देश दिन आवश्यक छ ।

तर, नेपालको प्रतिनिधित्व गर्दै यो स्टेजमा पुगेकी नीती शाहले ‘मिस इन्टरनेशनल’को एउटा कार्यक्रममा बोलेको कुरा अहिले सर्वाधिक विवादित बनिरहेको छ । आखिर, किन यति धेरै आलोचित हुँदैछिन्, नीती शाह ।

जापानमा आयोजना भएको ‘मिस इन्टरनेशनल’को एक कार्यक्रममा नीती शाहले नेपाली महिलाको बारेमा दिएको बयान अहिले सामाजिक संजालमा विवादस्पद बनेको छ ।

उनले भनेकी छिन्-‘म नेपालबाट आएकी हुँ, जुन एकदमै विकासशील देश हो । हामी शिक्षाको आधारभुत अधिकारमा एकदमै पछाडि छौं । एकदमै दुःख लाग्दो कुरा के छ भने, हाम्रो देशमा दुई वर्गका महिला छन् । पहिलो वर्गमा शिक्षित महिला पर्छन्, जो शहरी क्षेत्रमा बस्छन् । अर्को वर्गमा ग्रामीण महिलाहरू छन्, जसलाई स्वास्थ्य, सरसफाइ तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा छैन । म शहरी महिलाभित्र पर्छु जसले एउटा धेरै राम्रो स्कुलमा पढेपछि राम्रो उच्च शिक्षा पनि पाएँ । तर मेरो देशमा त्यस्ता धेेरै महिला छन् जो ‘वेेश्या’का रूपमा विभिन्न देशमा बेचिन्छन् । ग्रामीण महिलाहरूलाई आफू कहाँ के गर्न जाँदै छु भन्ने थाहा नै हुँदैन । मेरो देशका प्रायः महिलाहरूसँग दुई वटा विकल्प छन्ः कि त व्यावसायिक प्रगति छान्नुपर्छ कि व्यक्तिगत र पारिवारिक चाहना ।’

नीती शाहले बोलेको यो कुराको अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । उनलाई धेरैले अनुहार मात्र राम्रो भएपनि विचार निकै तल्लोस्तरको रहेछ भनेर आलोचना गरेका छन् । सामाजिक संजालमा उनलाई ब्यङ्ग्य गर्दै ट्रोल पनि बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment