Comments Add Comment

विश्वकप फुटबलमा सहभागी सबै टोलीको टुंगो लाग्यो

न्युजिल्याण्डलाई हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टिम

३० कात्तिक, काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ ।

अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टोली बनेको छ ।

बिहीबार बिहान पेरुको लिमामा भएको खेलमा एशिया ओसियाना क्षेत्रको प्रतिद्वन्दी न्युजिल्याण्ड २–० ले पराजित भयो । ३२ वर्षपछि विश्वकपमा छनोट भएको पेरु रुस विश्वकपमा सहभागी हुने दक्षिण अमेरिकाको पाचौं मुलुक पनि बनेको छ ।

यसअघि ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बियाले विश्वकपको टिकट काटिसकेका छन् ।

घरेलु मैदानमा पेरुलाई गोलरहित बराबरीमा रोकेको न्युजिल्याण्ड दोस्रो लेगमा घरेलु टोली पेरुसँग निराश बन्यो ।

सन् १९८२ मा विश्वकप खेलेयता पेरुको यो पहिलो सहभागिता हुनेछ । आयोजक रुसले स्वत विश्वकपमा स्थान बनाउँदा बाँकी ३१ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाए ।

यसपटक छनोटमा केही उतारचढाए नतिजा पनि आए । चार पटकको विश्व च्याम्पियन इटली छनोट हुने सकेन । विश्वकपको पूर्व च्याम्पियनमध्ये यस विश्वकपमा सहभागी हुन असफल इटली मात्र एउटा टोली हो ।

विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म रुसको विभिन्न ११ शहरका १२ वटा रंगशालामा हुँदैछ ।

विश्वकपमा दक्षिण अमेरिकाबाट ५, उत्तर अमेरिकाबाट ३, युरोपबाट १४, अफ्रिकाबाट ५ र एशियाबाट ५ टोली छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment