Comments Add Comment

उम्मेदवारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

आक्रमणका घटना दोहोरिन नदिने प्रतिबद्धता

३ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवाले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भइरहेकोप्रति घोर निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

चुनावी प्रचार अभियानका क्रममा आइतबार विहान गृहजिल्ला डडेलधुरामा स्थानीय संचारकर्मीसँग कुराकानी गर्दै देउवाले चुनाव बिरोधी गतिविधि दोेहोरिन नदिने दृढतासमेत व्यक्त गरे ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग तत्काल बैठक बसेर निर्वाचन विरोधी गतिविधि हुन नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाउने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री देउवा सोमबार काठमाडौं र्फकने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले काठमाडौं आउने वित्तिकै सुरक्षा परिषदको बैठक बसेर सुरक्षा व्यवस्थालाई अझै सुदृढ बनाउने पनि उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले निर्वाचन विरोधी गतिविधिलाई निस्तेज पार्न सरकारले चार वटै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सचेत गराईएको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment