३ मंसिर, काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयाघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ ।
प्रकाशलाई विहान साढे ५ बजे अस्पताल पुर्याइएको थियो । डा. जेपी जैसलवालले भने, उहाँको हात चिसो भइसकेको थियो । पल्स -हातको गति) थिएन । स्वास स्वासप्रवास भइरहेको थिए र शरीर कडा भइसकेको थियो ।’
चिकित्सकहरुले विहान करिव ६ बजे प्रकाशको निधन भएको घोषणा गरेका थिए ।
प्रकाशको निधनको कारण आकस्मिक हृदयाघात भनिएको छ । डा. अग्रवालले भने, ‘सबै ठीक छ, केही सेवन गरेको पनि देखिएन । यो आकस्मिक हृदयघात हो ।’
अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयाघात भएको चिकित्सकहरुको अनुमान छ । डा. जैसवालले भने, ‘शरीर कडा भइसकेकाले अस्पताल ल्याउनु करिव तीन घन्टा पहिले नै शरीर त्यागेको (मृत्यु भएको) हुनसक्छ ।’
चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसाग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चनपुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।
घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चााडो नउठेपछि आमा सीता दाहाल हेर्न जाँदा अचेत अवस्थामा भेटिएका हुन् ।
लगतै उनलाई सन्तु दराई (परवाना) लगायतले गाडीमा राखेर नर्भिक अस्पतालमा पुर्याएका थिए ।
प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ ।
प्रतिक्रिया 4