Comments Add Comment

बलिउडमा हट न्युकमर जोडीको धमेकदार इन्ट्री

बलिउडलाई अब दोस्रो पुस्ताले कब्जा गर्दैछ । जस्तो कि जान्ह्वी कपुर । त्यसो त जान्ह्वी, फिल्ममा आउनुअघि नै अधिक चर्चामा छिन् । जान्ह्वी जहाँ पुग्छिन्, क्यामेराले घेपिरएकै हुन्छ । बलिउड इभेन्ट, पार्टी जताततै जान्ह्वी खोजिन्छ । उनले के लगाएकी छिन्, के गरिन् ? यावत् विषय मिडियाको मसला बन्छ ।

श्रीदेवीकी छोरी जान्ह्वी केही समययता लाइमलाइटमा छिन् । बलिउड स्टार किड्समा उनको जस्तो चर्चा अरु सायदैको छ । लामो समयदेखि उनी कुन फिल्मबाट डेब्यु गर्छ भन्नेमा अड्कालबाजी भइरहेका थियो ।

हल्ला के थियो भने, करण जौहरले जान्ह्वीलाई आफ्नो फिल्ममा डेब्यु गराउँदैछन् । अन्ततः यो अनुमान सहि सावित भएको छ । अहिले जान्ह्वी करण जौहरकै फिल्म ‘धडक’मा काम गरिरहेकी छिन् । र, यसमा उनीसँग स्त्रिmन शेयर गर्दैछन्, इशान खट्टरले । इशान, जसलाई बलिउडका संभावित सुपरस्टारको रुपमा लिने गरिएको छ । उनी अभिनेता शाहिद कपुरका भाई पर्छन् ।

अहिले फिल्म ‘कडक’को फस्र्ट लुकसमेत आइसकेको छ । करण जौहले हालैमात्र चौथो पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनीहरुको रोमान्टिक लुक देख्न सकिन्छ ।

धडक मराठी फिल्म ‘सैराट’ को हिन्दी रिमेक हो । फिल्मलाई धर्मा प्रोडक्सन्स र जी स्टुडियोजले मिलेर प्रोड्यूस गरिरहेका छन् । यसको निर्देशन गर्दैछन् शशांक खेतानले । पिल्म ६ जुलाई २०१८ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment