Comments Add Comment

दम्पतीबीच खटपट भइरहन्छ ? यसो गरौं

पती-पत्नीबीच कहिले कही मनमुटाव हुन्छ । कति कुरामा विमति हुन्छ । भनाभन हुन्छ । झगडा हुन्छ । पारिवारिक जीवन चलाउने कुरामा यस्ता खटपट हुनु सामान्य हो । तर, यो क्रम पटक पटक दोहोरिन्छ भने त्यसले राम्रो संकेत गर्दैन । पति-पत्नीबीच उत्पन्न यस्ता मतभेतले क्रमस दुबैको सम्बन्धलाई चिरा पार्दै लान्छ । र, यो क्रम जारी रह्यो भने दाम्पत्य जीवन नै तहसनहस हुनसक्छ ।

पछिल्लो समय सम्बन्ध विच्छेदको घटना पनि बढेका छन् । यसको पछाडि ठूलै कारण हुनुपर्छ भन्ने छैन । सानोतिनो असमझदारीबाट सल्केको झगडाको आागोले कहिले भयानक रुप लिन्छ । यसले दम्पतीलाई अलग त गर्छ नै, उनीहरुका सन्तान, आफन्तलाई समेत यसले नराम्ररी पिरोल्छ ।

त्यसैले पती पत्नीबीच हुने मनमुटाव, ठाकठुकलाई समयमै समाधान गर्नुपर्छ । यसका लागि दम्पतीले केहि कुरा जान्नुपर्छ ।

– दम्पतीबीच संवादको वातावरण हुनुपर्छ । जतिसुकै व्यस्त भएपनि दुबैले आपसी छलफल गर्नुपर्छ ।

– घरको कुनै पनि निर्णय एकलौटी ढंगले नगरौं । दुबैको समझदारीमा मात्र निर्णयहरु गरौं ।

– शंका र अविश्वासले दम्पतीबीच फाटो ल्याउाछ । त्यसैले पहिले त शंका, उपशंका, अविश्वासको वातावरण बन्न नै नदिने । यदि त्यसो भइहाले पनि, दुबै स्पष्ट हुनुपर्छ । दम्पतीबीच कुनैपनि कुरा लुक्नु हुादैन ।

– एकअर्काको ख्याल राखौं । पतिले पत्नीको र पत्नीले पतिको ख्याल राखौं । दुबैको पिर मर्का साझेदार गरौं । पारिवारिक दायित्व पतिलाई मात्र सुम्पने वा घरधन्दाको काममा पत्नीको मात्र भर पर्ने प्रवृत्ति त्यागौं ।

– कहिले कहिं रमाइलो गरौं, मनोरञ्जन गरौ । सिनेमा हेर्ने, घुमफिर गर्ने, पुस्तक पढ्ने गरौं । यसले दाम्पत्य सम्बन्ध थप मजबुद हुन्छ ।

– पति वा पत्नीप्रति गरिने अपेक्षाले पनि झगडाको रुप लिन्छ । त्यसैले अनावश्यक अपेक्ष नगरौं ।

– पारिवारिक दायित्व एकजनाको कााधमा मात्र सुम्पदा पनि त्यसले आपसी असमझदारी बढ्छ । त्यसैले पारिवारिक दायित्व साझेदार गरौं । चाहे घरको आथिर्क कुरामा होस् वा अन्य काममा नै दुबैले सराबरी सहभागिता जनाउनु पर्छ ।

– पारिवारिक योजना तय गरौ । पती पत्नी मिलेर आफ्नो पारिवारिक जीवन कसरी राम्रो, बलियो, सुमधुर, उज्वल बनाउने भन्ने कुराको खाका तयार गरौ ।

– अहिले शोसल नेटवर्क साइटको कारण पनि दम्पतीबीच कलह हुने गरेका छन् । यसले सम्बन्ध विच्छेदको अवस्थामा समेत पुर्‍याउने गरेका छन् । सामाजिक संजालमा धेरै समय व्यतित गर्ने, फेक एकाउन्ट बनाउने जस्ता गतिविधि नगरौ । निजी पारिवारिक तस्विर पनि फेसबुकमा शेयर नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment